Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल : संकटमा लुम्बिनी लायन्स, ५ ओभरमा २८ जोड्दा गुमायो ५ विकेट

एनपीएल : संकटमा लुम्बिनी लायन्स, ५ ओभरमा २८ जोड्दा गुमायो ५ विकेट

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा लगातार विकेट गुमाउँदै गएपछि लुम्बिनी लायन्स संकटमा परेको छ ।

टीयु क्रिकेट मैदानमा १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ५ ओभरमा २८ रन जोड्दा ५ विकेट गुमाएको हो ।

लुम्बिनीले १९ रन बनाउँदा ५ विकेट गुमाउनुपरेको थियो।

पहिलो ओभरमै ओपनर अर्जुन साउद र उन्मुक्त चन्दलाई गुमाएको लुम्बिनीले क्रमशः कप्तान रोहित पौडेल, टम मुरेज र साद बिन जफरको विकेट गुमाएको हो।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले ३ र स्कटले २ विकेट लिएका छन्। सुदूरपश्चिमले लुम्बिनीलाई १८८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077