Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवनले टस जित्यो, लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो

चितवनले टस जित्यो, लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेर फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा चितवनका कप्तान कुशल मल्लले लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

लुम्बिनीले हालसम्म ४ खेलमा एउटा पनि खेल जितेको छैन । आजको खेलमा पराजित भए लुम्बिनी आधिकारिक रूपमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।

चितवनले ४ खेलमा ३ मा जित र १ हार बेहोरेको छ । चितवन भने आज जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077