Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन राइनोजलाई चौथो सफलता, टम र अर्जुन 'आउट'

चितवन राइनोजलाई चौथो सफलता, टम र अर्जुन 'आउट'

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजलाई चौथो सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको चितवनले ७.५ ओभरमा चौथो विकेट लिएको हो । चौथो विकेटका रुपमा टम मूर्स १० रनमा आउट भए ।

उनलाई कुशल मल्लले क्याच आउट गराए । तेस्रो विकेटका रुपमा अर्जुन साउद आउट भए । उनलाई रन्जित कुमारले आउट गरे ।

यसअघि पहिलो र दोस्रो विकेट रिजन ढकालले लिए । उनले आशुतोष घिरैया र उन्मुक्त चन्दलाई आउट गरे । पहिलो विकेटका रुपमा आशुतोष एक रनमा आउट भए भने उन्मुक्त चन्द शुन्य रनमा आउट भए ।

यो समाचार तयार पार्दासम्म लुम्बिनीले १० ओभरमा चार विकेटको क्षतिमा ५७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077