Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रोहितको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

रोहितको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले एनपीएलमा पहिलो जित हात पारेको हो ।

जारी प्रतियोगिता चितनवले भने पाँच खेलमा दोस्रो हार ब्यहोरेको छ। लुम्बिनीले दिएको १६८ रन पछ्याएको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो।

चितवनलाई रोक्ने क्रममा लुम्बिनीका कप्तान पौडेलले ४ विकेट लिए। उनले चितवनका विपिन रावललाई ५ रन, सोहिल तन्विरलाई १ रन, रवी बोपारालाई १२ रन र जान लोफ्टी इटनलाई ६ रनमा आउट गरे।

लोफ्टी इटनलाई १४औं ओभरमा एलबिडब्लूको धरापमा पार्नुअघि रोहितले अरु ब्याटरलाई क्याच गराए। चितनवका लागि ३१ रन जोडेका लुक बेन्केस्टाइनलाई अभिसेष गौतमले आउट गरे।

२९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनलाई गौतमले उन्मुक्त चन्दबाट क्याच गराए। चितनवका कप्तान कुशल मल्ल पनि २० रनमा आउट भए। त्यसअघि रेमन्ड सिमन्सले ओपनर सन्तोष कार्की र अमरसिंह रटेउलालाईआउट गरे।

रिजन ढकाल १५ रन र नरबहादुर सार्की २२ रनमा नटआउट रहे। बलिङमा रोहितले चार विकेट लिँदा १७ रन मात्र दिए। रेमन्ड सिमन्सले २ विकेट लिए। साद बिन जफर र अभिसेष गौतमले १/१ विकेट लिन सफल भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोडेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077