Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा

कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

पोखरा आफ्नो चौथो खेल र कर्णालीले पाँचौँ खेल खेल्न लागेका हुन्। यसअघि कर्णाली २ खेलमा जित र दुई हार व्यहोरोको छ।

आजको खेलमा कर्णालीका ओपनर शिखर धवन हुने छैनन्। उनी चार खेलपछि स्वदेश फर्किसकेका छन्।

कर्णालीले यसअघि बिराटनगर र चितवनलाई पराजित गरेको थियो। पोखराले यसअघि एक खेल मात्रै जितेको छ।

पोखराले लुम्बिनीलाई मात्रै पराजित गरेको हो। प्लेअफका लागि दुवै टोली जित्नै पर्ने दबाबमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077