Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कर्णालीका बसिस्टो हावी हुँदा पोखरा १०३ रनमै अलआउट

कर्णालीका बसिस्टो हावी हुँदा पोखरा १०३ रनमै अलआउट

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । कर्णाली याक्सका विलियम बसिस्टो पोखरा एभेन्जर्सविरुद्धको बलिङमा हावी भएपछि पोखरा १०३ रनमै अलआउट भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमा समेटिएको हो । योसँगै कर्णाली याक्सले जितका लागि १ सय ४ रनको सामान्य लक्ष्य पाएको छ।

बोसिस्टोले ४ ओभरमा ६ विकेट लिए। उनले कप्तान कुशल भुर्तेल, क्रिच्ले, दिलिप नाथ, माइकल लिस्क, नारायण जोशी, रेमोन रिफरलाई आउट गरे।

विलियमको घातक बलिङमा पोखराको मिडल अर्डर ध्वस्त हुँदा १६.१ ओभरमा १०३ रन बनाउँदै अलआउट भयो । पोखराको लागि ओपनर दिनेश खरेलले सर्वाधिक २६ रन बनाए।

दिनेशले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। पोखराले पावरप्लेमा २ विकेट गुमाउँदै ५२ रन बनाएको थियो। पहिलो विकेटका रुपमा पोखराले ओपनर एन्ड्रिज गोउसलाई गुमायो।

उनले १२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। पहिलो विकेटका लागि गोउस र दिनेश खरेलले ४६ रनको साझेदारी गरेका थिए। कर्णालीका लागि विपिन शर्माले पहिलो विकेटको साझेदारी तोडे।

उनले गोउसलाई विलियम बोसिस्टोको हातमा क्याच गराए। पोखराले ५.१ ओभरमा १ विकेटको क्षतीमा ५० रन पूरा गर्‍यो। ५.२ ओभरमा युनिस ठकुरीले दिनेश खरेललाई २६ रनमा बोल्ड गरे।

तेस्रो विकेटका रुपमा पोखराले कप्तान कुशल भुर्तेललाई गुमायो। कुशलले ११ बलमा १ चौकासहित १० रन बनाए। चौथो विकेटका रुपमा म्याट क्रिच्ले ११.५ ओभरमा विलियम बोसिस्टोले बोल्ड आउट गरे।

दिलिप नाथ ३ रनमै क्याच भए। पाँचौं विकेट बोसिस्टोको नाममा भयो। छैटौं विकेट पनि विलियमले आफ्नै नाममा राखे। उनले माइकल लिस्कलाई २ रनमै बोल्ड गरे।

अन्तिम विकेटका रुपमा विपिन खत्री १० रनमा रनआउट भए। कर्णाली याक्सका लागि विपिन शर्मा, युनिस विक्रम सिंह र सोमपाल कामीले समान १/१ विकेट लिए। कर्णालीका लागि यो पाँचौं खेल हो भने पोखरा एभेन्जर्सको यो चौथो खेल हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077