Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भन्सार छलीको गाडी र नगदसहित तीन जना पक्राउ

भन्सार छलीको गाडी र नगदसहित तीन जना पक्राउ

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । प्रहरीले भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कीर्तिपुर नगरपालिका–१० बाट पक्राउ गरेको हो ।

पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल छन्।

उनीहरूबाट भन्सार छलीको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए१६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077