Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सको लगातार तेस्रो जित , पोखराको तेस्रो हार

कर्णाली याक्सको लगातार तेस्रो जित , पोखराको तेस्रो हार

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेको छ ।

पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।

पाँच खेलमा कर्णालीको यो तेस्रो जित हो। पोखरा भने चार मध्ये तीन खेलमा पराजित भइसकेको छ।

पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। कर्णालीको जितमा गुल्सन झाले नटआउट ४९ रन जोडे।

एक रनले अर्धशतकबाट विमुख भएका उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। त्यसअघि कर्णालीका ओपनर भने चल्न सकेनन्। देव खनाल शून्य र बाबर हायत ७ रनमा आउट भए।

चाडविक वाल्टनले ३४ बलमा ४२ रन जोडे। कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई कर्णालीले अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि १६.४ ओभरमै अलआउट गर्‍यो।

अस्ट्रेलियाको यू-१९ टोलीका पूर्वकप्तान बोसिस्टोले चार ओभरमा २८ रन खर्चिए। बोसिस्टो जारी एनपिएलको एकै इनिङ्ग्समा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन्।

बलिङमा बोसिस्टोले ६ विकेट लिँदा विपिन, युनिस र कप्तान सोमपाल कामीले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077