Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रेमिकाको गोप्य तस्बिर आफन्तलाई पठाउने एक युवक पक्राउ

प्रेमिकाको गोप्य तस्बिर आफन्तलाई पठाउने एक युवक पक्राउ

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । प्रेमिकाको गोप्य तस्बिर र भिडियो आफन्तलाई पठाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भइ काठमाडौं गुर्जुधारा बस्दै आएका रोशन भण्डारी रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जालमा आदानप्रदान भएका आफ्ना प्रेमिकाको तस्बिर र भिडियोहरू भण्डारीले आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोप छ ।

पक्राउ परेका भण्डारीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077