Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बलात्कारको प्रयास असफल भएपछि सुचिनाको हत्या

बलात्कारको प्रयास असफल भएपछि सुचिनाको हत्या

मंगलवार , मंसिर २५, २०८१

गोरखा । गोरखामा जंगलमा मारेर गाडिएको अवस्थामा भेटिएकी सुचिनाको हत्या आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी आरोपित मन सम्जेर गुरुङलाई सार्वजनिक गरेको हो ।

बलात्कारको प्रयास असफल भएपछि आफूले हत्या गरेको पक्राउ परेका अभियुक्त स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

४३ वर्षीय गुरुङलाई प्रहरीले नौ दिनको अनुसन्धानपछि सोमबार बिहान तीन बजे घरबाट पक्राउ गरेको थियो ।

मङ्सिर १५ गतेदेखि हराइरहेकी १८ वर्षीया सुचिना गुरुङको शव प्रहरी र बारपाकका स्थानीयवासीको संयुक्त खोजी टोलीले १८ गते मैखर्क जंगलमा गाडिएको अवस्थामा फेला पारेको थियो।

प्रहरीले सोमबार बिहान स्थानीय एक विद्यालयका शिक्षक मन सम्जेर गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो।

घटना स्थलमा भेटिएका कम्ब्याट टोपी, उनीको टोपी, डोको, नाम्लोका आधारमा सोधपुछ गर्दा उनले आफैले हत्या गरेको स्वीकार समेत गरिसकेको गोरखा प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार उनीबिरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077