Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने

लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् ।

नेपाल प्रिमियर लिग आयोजक समेत रहेको नेपाल क्रिकेट संघ (क्यान) ले लारा यही एनपीएलकै सन्दर्भमा नेपाल आउन लागेको जनाएको हो ।

लाराको आगमनले प्रतियोगिताले थप नयाँ उचाइ लिने क्यानको भनाइ छ । उनी पहिलोपटक नेपाल आउन लागेका हुन् ।

यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077