Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अपराजित जनकपुरसँग भिड्दै सुदूरपश्चिम

अपराजित जनकपुरसँग भिड्दै सुदूरपश्चिम

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

जितसहित प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा हुनेछ । सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्स जितसहित प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा हुनेछ ।

प्रतियोगिताको एक मात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जित निकालेको छ । आजको खेलमा सुदूपश्चिमविरुद्ध जित निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ ।

चार खेलबाट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ । चार खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077