Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रवि लामिछानेलाई काठमाडौं हुँदै पोखरा लगिने

रवि लामिछानेलाई काठमाडौं हुँदै पोखरा लगिने

बुधवार , मंसिर २६, २०८१

पर्सा। सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।

पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका लामिछानेलाई पोखरातर्फ पठाएको हो।

लामिछानेलाइ सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी मुद्दामा बयानका लागि वीरगन्ज पुर्‍याइएको थियो ।

बयान पूरा भएपछि पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सिमरा विमानस्थलबाट कास्की पठाएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले लामिछानेसँग बयान लिएको थियो।

पर्सा जिल्ला प्रहरी कार्यालयले लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्याइने जानाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077