Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको कार्यालयमा प्रहरीले छापा मारेको छ।

गत मंगलबार राति सैनिक शासनको घोषणा गरेर विवादमा तानिएका राष्ट्रपति योलको कार्यालयमा आज अनुसन्धानका लागि प्रहरीले छापा हानेको हो ।

प्रतिपक्षी दलका सांसद जुङ चुङ-रेइले संसदीय सुनुवाइमा प्रहरीले राष्ट्रपति कार्यालयमा छापा मारेको बताएका थिए। यसअघि कानुन मन्त्रालयले पनि राष्ट्रपति योललाई विदेश जानबाट रोक लगाएको थियो।

उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्नका लागि बनेको भ्रष्टचार अनुसन्धान कार्यालयले सोमबार विदेश जानबाट रोक लगाउन अनुमति माग गरेको थियो।

त्यसपछि कानुन मन्त्रालयले स्वीकृति दिएको थियो। राष्ट्रपति पदमै रहँदा अनुसन्धानमा हुनेमा युन दक्षिण कोरियाका पहिलो व्यक्ति बनेका छन्।

राष्ट्रपतिमाथि विपक्षी दलले विद्रोह गरेको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077