Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै काठमान्डु

लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै काठमान्डु

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले टस जितेर ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डु गुर्खाजका कप्तान करण केसीले टस जितेर लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएको हो ।

लुम्बिनीले एनपीएलको पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको थियो। लुम्बिनीले बुधबार भएको खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लिगमा पहिलो जित निकालेको थियो।

लुम्बिनीले आजको खेलमा चितवनविरुद्धको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ। दुर्गेस गुप्ताको स्थानमा सुर्य तामाङलाई सुरुवाती ११ मा ल्याएको छ।

काठमान्डुको टोलीमा भने दुई खेलाडी परिवर्तन भएको छ। काठमान्डुले आज शंकर रानाको स्थानमा दिपेश कँडेल र नथान साउटरको स्थानमा ड्यान डवाथेवेट सुरुवाती ११ मा आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077