Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

काठमान्डुसँगको हारसँगै प्लेअफ होडबाट बाहिरियो लुम्बिनी

काठमान्डुसँगको हारसँगै प्लेअफ होडबाट बाहिरियो लुम्बिनी

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ ।

बुधबार भएको खेलमा काठमान्डुसँग लुम्बिनी १८ रनले पराजित भएको हो । यो हारसँगै लुम्बिनी लायन्स एनपीएलको प्लेअफ होडबाट बाहिरिने पक्का भएको छ ।

अन्तिम खेलअघि बाहिरिएको लुम्बिनीले ६ मध्ये ५ खेलमा हार ब्यहोर्‍यो। काठमान्डुले भने चार मध्ये दुई खेलमा जित निकालेको छ। काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याए पनि लुम्बिनीले लगातार विकेट गुमाएको थियो।

चार बल खेल्न बाँकी लुम्बिनी ८५ रनमा अलआउट भयो। लुम्बिनीकाओपनरद्वय आशुतोष घिरैया ४ रन र अर्जुन साउद ३ रनमा आउट भए। दुवैलाई काठमान्डुका दिपेश कँडेलले आउट गरे ।

अर्को ओभरमा टिम मुर्सलाई गेरार्ल्ड इरासमस ६ रन बोल्ड गरे। कप्तान रोहिकुमार पौडैल दशौं ओभरमा दिपेशको एलबिडब्लूको धरापमा परेपछि लुम्बिनीमाथि काठमान्डुले दबाब दियो।

एघारौं ओभरमा उन्मुक्त चन्द १९ बलमा १४ रन जोडेर पेभिलियन फर्किए। उनलाई करण केसीले शाहब आलमबाट बाउन्ड्रीमा क्याच गराए। १२औं ओभरमा लुम्बिनीले अर्को विकेट गुमायो।

सादबिन जफरलाई इरासमसले एलबिडब्लू आउट गर्दा लुम्बिनीले ६ विकेट गुमाउँदा ४३ रन मात्र जोड्यो। १३औं ओभरको अन्तिम बलमा विवेक यादव २ रनमा करण केसीबाट बोल्ड भएका थिए।

त्यसपछि सन्दीप जोरा र सूर्य तामाङले लुम्बिनीको इनिङ्ग्स सम्हाल्न खोजे। लुम्बिनीलाई अन्तिम दुई ओभरमा २७ रन चाहिएको थियो। तर १९औं ओभरको चौथो बलमा सन्दीप जोरालाई २६ रनमा करण केसीले शाहब आलमबाट क्याच गराए। जोराले २९ बलमा २ चौका प्रहार गर्न सके।

अन्तिम विकेटको रुपमा अभिसेष गौतम शून्यमा आउट भए। उनलाई रसिद खानले अन्तिम ‌ओभरमा एलबिडब्लूको धरापमा पारे। सूर्य तामाङले नटआउट ११ रन जोडे। बलिङमा काठमान्डुका कप्तान करणले चार विकेट लिए।

दिपेश कँडेलले ३ विकेट लिए भने इरासमसले २ विकेट हात पारे। टस जितेर ब्याटिङ गरेको काठमान्डुको इनिङग्स पनि कुनै पनि बेला सम्हालिन सकेन। काठमाडौं अन्तिम चार बल खेल्न बाँकी छदा १०३ रनमै अलआउट भयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077