Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता खणिन्द्रराज कटवालले मुद्दा अभियोजन गरेका हुन् ।

प्रसाईलाई सात वर्षसम्म कैद माग गरिएको सरकारी वकीलको कार्यालयले जनाएको छ । मुद्दामा विहीबार थुनछेक बहस हुने भएको छ । त्यसपछि उनलाई थुनेर अनुन्धान गर्ने वा छोड्ने भन्ने अदालतले आदेश दिनेछ ।

सरकारी वकील काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को १,२ अन्तर्गत कसुर र सजाय माग गर्दै मुद्दा दर्ता भएको हो । उनलाई यसपटकको ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवानाको माग छ । संगठित अपराधसहितका अभियोगमा भने अनुसन्धान जारी रहेकाले ६० दिनभित्र मुद्दा दायर हुने बताइएको छ ।

मङ्सिर ४ मा पक्राउ परेका प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077