Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भारतीय समकक्षीसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट

भारतीय समकक्षीसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले भारतीय स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट गरेका छन् ।

मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले आज बुधबार भारतीय समकक्षीसँग भेट गरेको हुन् ।

आजै प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरे ।

प्रधानसेनापति सिग्देलले आजै भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारक (नेसनल वार मेमोरियल) मा पुष्पगुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077