कैलाली । कैलालीको धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने १९ वर्षीय अर्जुन खड्का खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
खड्कालाई २ ग्राम ८६० मिलीग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।