Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संयुक्त राष्ट्र शान्ति सैनिकहरू दक्षिणी लेबनानी सहरमा प्रवेश

संयुक्त राष्ट्र शान्ति सैनिकहरू दक्षिणी लेबनानी सहरमा प्रवेश

बिहिवार , मंसिर २७, २०८१

एजेन्सी । लेबनानमा संयुक्त राष्ट्रसंघको अन्तरिम बल (यूएनआईएफआईएल) बुधबार दक्षिणी लेबनानी सीमा क्षेत्रको पूर्वी सेक्टरमा अवस्थित खियाम शहरको पूर्वी किनारमा प्रवेश गरेको छ ।

बुलडोजर र इन्जिनियरिङ टोलीका साथमा धेरै युनिफिल सशस्त्र गाडीहरू इबल अल–साकी मैदानमा आफ्नो स्थानबाट खियामको पूर्वी किनारमा प्रवेश गरेको हो ।

लेबनानी सेनाले लगभग ६ हजार सिपाही र सयौँ सशस्त्र सैन्य वाहनहरू लितानी नदीको दक्षिणमा धेरै सैन्य ब्यारेकहरूमा तैनाथ गरेको छ ।

संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम नोभेम्बर २७ मा लागु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077