Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विराटनगर किंग्सले गुमायो तेस्रो विकेट

विराटनगर किंग्सले गुमायो तेस्रो विकेट

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले तेस्रो विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी आजको पहिलो खेलमा विराटनगर किंग्सका नरेन भट्ट आउट भएका हुन् । उनलाई ७.१ ओभरमा पोखराका दिनेश खरेलको बलमा सागर ढकालले क्याच गरे।

उनले ११ बलमा ४ रन बनाए । त्यस अगाडि टस जितेर ब्याटिङ गरेको विराटनगरले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको थियो । विराटनगरले पहिलो विकेटका रुपमा ओपनर मार्टिन गप्टिललाई ५ रनमा गुमायो ।

उनलाई पोखराका बायाँ हाते अर्थोडक्स सागर ढकालले ४.३ ओभरमा पेभेलिएन फर्काए । अर्का ओपनर लोकेश बमलाई ५.६ ओभरमा रेमोन रेफरलाई कट एण्ड बोल्ड गरे । उनले १६ बलमा २ चौका र २ छक्कासहित २६ रन बनाए ।

अहिले १०.२ ओभरको समाप्तिमा विराटनगर किंग्सले ३ विकेटको क्षतिमा ६६ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077