काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले चौथो विकेट लिएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी आजको पहिलो खेलमा विराटनगर किंग्सका निकोलस किर्टन आउट भएका हुन् ।
उनलाई १२.१ ओभरमा पोखराका सागर ढकालले आउट गरे । उनले १९ रन बनाए ।
अहिले १४.१ ओभरको समाप्तिमा विराटनगर किंग्सले ४ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ।