Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भारतबाट फर्किए प्रधान सेनापति सिग्देल

भारतबाट फर्किए प्रधान सेनापति सिग्देल

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल आइतबार स्वदेश फर्किएका छन् । भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित भएर उनी नेपाल फर्किएका हुन् ।

गत मङ्सिर २६ गतेदेखि ४ दिने भारत भ्रमणमा गएका उनलाई त्यहाँस्थित राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।

त्यसक्रममा प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरे ।

उनी भारतका स्थल सेनाध्यक्ष जनरल द्विवेदीको औपचारिक निमन्त्रणमा भारत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077