Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विद्युत सर्ट भएर आगलागी हुँदा ३० लाखको क्षति

विद्युत सर्ट भएर आगलागी हुँदा ३० लाखको क्षति

सोमवार , पौष १, २०८१

धनगढी । धनगढीमा विद्युत सर्ट भएर आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति धनगढी उपमहानगरपालिका-१३ मोहनपुरमा हर्क कप्टयालले सञ्चालन गरेको मालिका होटेल एण्ड डिडी स्टोरमा विद्युतको तार सर्ट भइ आगलागी भएको थियो ।

आगलागीबाट होटेल र पसलभित्र रहेका किराना लगायतका सामान जलेर ३० लाखको क्षति भएको हो ।

आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077