Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भानुआटुमा भूकम्प : १४ जनाको मृत्यु, दुई सय भन्दा बढी घाइते

भानुआटुमा भूकम्प : १४ जनाको मृत्यु, दुई सय भन्दा बढी घाइते

बुधवार , पौष ३, २०८१

एजेन्सी । भानुआटुमा मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ भने २०० जना घाइते भएका छन् ।

७।३ म्याग्निच्युडको उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । घाइते भएको उपचार भइरहेको छ ।

शक्तिशाली भूकम्पको धक्काले भवनहरू ध्वस्त भएका छन् । सात दिनका निम्ति ‘आपत्कालीन अवस्था’ लागु गरिएको भानुआटु प्रहरीले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077