Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापति पोखरेलको राजीनामा

माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापति पोखरेलको राजीनामा

बिहिवार , पौष ४, २०८१

विराटनगर। नेकपा माओवादी केन्द्रले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ।

माओवादी कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति पोखरेलको राजीनामा मागेको हो।

पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको माओवादी केन्द्रले आरोप लगाएको छ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा मागेका हुन्।

उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077