Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमाले डोटीको कान्छी जिल्ला सदस्य बनिन् सरस्वती

एमाले डोटीको कान्छी जिल्ला सदस्य बनिन् सरस्वती

बिहिवार , पौष ४, २०८१

डोटी । नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्यमा सरस्वती साउद चयन भएकी छन् । नवौं जिल्ला अधिवेशनमार्फत अनेरास्ववियु प्रदेश कमिटी सदस्य समेत रहेकी सरस्वती खुला महिला सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

उनी जिल्लाकै कान्छी सदस्य समेत रहेको दाबी गरिएको छ । २५ वर्षीय सरस्वतीको घर डोटीको पूर्वीचौकी गाउँपालिका–७ हो । सानै उमेरदेखि राजनीतिमा सक्रिय सरस्वती अब एमाले जिल्ला कमिटीको सदस्य भएर काम गर्ने छिन् ।

उनले समाज शास्त्र र पत्रकारिताबाट स्नातक तह पास गरिसकेकी छन् । उनीसँग यसभन्दा अगाडी सिटिइभीटी राष्ट्रिय कमिटी सदस्य र प्रेस चौतारी नेपाल डोटीको जिल्ला उपाध्यक्ष भएर काम गरेको अनुभव छ ।

साथै उनी हाल अनेरास्ववियू प्रदेश कमिटी सदस्य छन् भने सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदको स्वकिय सचिवको रुपमा समेत कार्यरत छन् ।

उनीसँगै एमाले डोटीमा अधिकांश सदस्यहरुमा युवा निर्वाचित भएका छन् । गत मंसिर २९ गतेको नवौं जिल्ला अधिवेशनमार्फत अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077