Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माधव नेपाल र वामदेव गौतमबीच भैंसेपाटीमा भेटवार्ता

माधव नेपाल र वामदेव गौतमबीच भैंसेपाटीमा भेटवार्ता

बिहिवार , पौष ४, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार साँझ वामदेव निवास भैंसेपाटीमा झन्डै दुई घण्टा लामो भेटवार्ता भएको हो ।

वामदेवलाई भेट्न माधव उनकै घर पुगेका थिए । उनीहरूबीच के विषयमा कुराकानी भयो भन्नेचाहिँ खुलाइएको छैन ।

वामदेवले एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा छ । उनलाई पार्टीमा भित्र्याएर वरिष्ठ नेता बनाउने एकीकृत समाजवादीको तयार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077