Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

६ वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

६ वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

सोमवार , पौष ८, २०८१

काठमाडौं । आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ ।

महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार मध्यान्ह १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्या सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधन कर्ता सदस्यहरुसँग छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077