Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गोर्खा मिडियाका अकाउन्टेन्टको बयान – सबै लेनदेनमा रविको हस्ताक्षर चल्थ्यो

गोर्खा मिडियाका अकाउन्टेन्टको बयान – सबै लेनदेनमा रविको हस्ताक्षर चल्थ्यो

सोमवार , पौष ८, २०८१

काठमाडौं । सहकारी ठगी कसुरका प्रतिवादी बनाइएका गोर्खा मिडिया नेटवर्कका अकाउन्टेन्ट सञ्जय अधिकारले सबै लेनदेनमा रवि लामिछानेको हस्ताक्षर चल्ने गरेको बताएका छन् ।

अभियोग पत्र साथ अदालतमा पेश गरिएको बयानमा उनले गोर्खा मिडियाको बैंक खाता रहेको ग्लोबल आईएमई, नबिल बैंक, सिभिल (हाल हिमालयन) बैंकको खातामा लामिछानेको हस्ताक्षर चल्ने गरेको बयान दिएका हुन् ।

उनले १७ वैशाख २०७८ बाट गोर्खा मिडियाको अकाउन्टेन्टको जिम्मेवारी सम्हालेका थिए ।

गोर्खा मिडियाको सबै कारोबारको रेकर्ड राख्ने काम जीबी ग्रुप आफ कम्पनीज प्राइभेट लिमिटेडबाट हुने गरेको उनको बयान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077