Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै

सोमवार , पौष ८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर ज स्वदेश फर्किने भएकी छन्।

परराष्ट्रमन्त्री देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कन लागेकी हुन्।

उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी हुन्।

युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन् । उनी आज साँझ स्वदेश फर्कँदै छिन्।

स्वास्थ्य परीक्षणका लागि नै उनी नयाँ दिल्ली पुगेकाले यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम नरहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077