Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मुख्य चुनौति हो : प्रकाशमान सिंह

पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मुख्य चुनौति हो : प्रकाशमान सिंह

सोमवार , पौष ८, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मुख्य चुनौति रहेको बताएका छन्।

कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले क्षेत्रपाटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन्।

क्रियाशील सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा पनि उनले जोड दिए । अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल रहेको उनको भनाई छ ।

देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेको भन्दै उनले जनताको पटक–पटक विश्वास जितेको पार्टी कांग्रेसको क्रियाशील सदस्यता सामान्य विषय नभएको बताए ।

पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077