Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अर्थ समितिबाट सुरक्षित कारोबारसम्बन्धी विधेयक पारित

अर्थ समितिबाट सुरक्षित कारोबारसम्बन्धी विधेयक पारित

सोमवार , पौष ८, २०८१

काठमाडौं । अर्थ समितिबाट सुरक्षित कारोबारसम्बन्धी विधेयक पारित भएको छ।

विधेयकउपर परेको संशोधन प्रस्तावमाथि छलफल गरेर अर्थ समितिले सर्वसम्मत रुपमा पारित गरेको हो।

पारित विधेयकमाथीको संशोधन प्रतिवेदन तयार गरेर दुई दिनभित्र संसद सचिवालयमा पेस गरिने पनि अर्थ समितिले जनाएको छ ।

कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानूनी व्यवस्था समयानुकूल बनाउन आवश्यक भएको भन्दै अर्थ मन्त्रालयले विसं २०८० फागुन ४ गते यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो।

सोही विधेयक परेको संशोधन उपर अर्थसमितिले छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077