Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राष्ट्रपति पौडेलसमक्ष नव नियुक्त पाँच राजदूतले लिए शपथ

राष्ट्रपति पौडेलसमक्ष नव नियुक्त पाँच राजदूतले लिए शपथ

सोमवार , पौष ८, २०८१

काठमाडौं । विभिन्न देशमा नियुक्त भएका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासका आयोजित एक कार्यक्रमबीच नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति पौडेलले उनीहरुलाई शपथ खुवाए।

शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, बेलायतकी चन्द्रकुमारी घिमिरे रस्पेनका शनिल नेपाल रहेका छन् ।

त्यस्तै, दक्षिण कोरियाका डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डा. शंकरप्रसाद शर्मा रहेका छन् ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077