Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

लेखा समितिका सभापतिलाई राजीनामा दिन माओवादी सांसदको आग्रह

लेखा समितिका सभापतिलाई राजीनामा दिन माओवादी सांसदको आग्रह

सोमवार , पौष ८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेललाई राजीनामा दिन  आग्रह गरेको छ ।

सोमबार लेखा समितिको बैठकमा बोल्दै माओवादी सांसदहरुले पोखरेललाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

माओवादी सांसद अमनलाल मोदीले सभापति पोखरेलले मार्गप्रशस्त गर्नुपर्ने बताए। सांसद मोदीले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीले पाउने अभ्यास रहेको पनि बताएका थिए।

यसअघि गत पुस ४ गते माओवादी कोशी प्रदेश समितिले पनि लेखा समिति सभापतिको राजीनामा माग गरेको थियो। पोखरेल पत्नी अन्जला कोइराला मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी छन्।

उनलाई पक्राउ गर्न अदालतले पुर्जीसमेत जारी गरिसकेको छ।यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन्।

उमागौरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077