Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेस नेता सिटौला भन्छन् - ०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ

कांग्रेस नेता सिटौला भन्छन् - ०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ

सोमवार , पौष ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ०८४ मा कांग्रेस एक्लै चुनाव लडने बताएका छन् ।

नेपाली कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन्।

उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताए ।

नेता सिटौलाले भने,‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ । एक्लै जान्छौँ चुनावमा । एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो। त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान।’

आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी पनि उनको थियो।

अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्दै उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जसरअपजस लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077