Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेसभित्र सभापतिबाटै गुट फस्टाउने काम भयो : नेता कोइराला

कांग्रेसभित्र सभापतिबाटै गुट फस्टाउने काम भयो : नेता कोइराला

सोमवार , पौष ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसभित्र सभापतिबाटै गुट फस्टाउने काम भएको आरोप लगाएका छन् ।

कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले भने, ‘अहिलेको आदरणीय सभापति देउवा किसुनजीको अनुयायी हो । गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँदो रहेछ । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरू भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । बीपी, गणेशमान र अरु नेताहरू भएको भए के गर्नुहुन्थ्यो ।’

आफूलाई भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि बाध्य हुनपरेको जिकिर गरे।

उनले पार्टी सभापति शेरबहादुर देउवाले नै गुटलाई फस्टाइदिने गतिविधि गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077