Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रास्वपाको बल्ल चेत खुल्यो, अदालतलाई सघाउने निर्णय

रास्वपाको बल्ल चेत खुल्यो, अदालतलाई सघाउने निर्णय

सोमवार , पौष ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई सघाएर अघि बढ्ने भएको छ ।

पूर्व गृहमन्त्रीसमेत विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि सोमबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकमा सभापति लामिछानेविरुद्ध विभिन्न अभियोग लगाइ सरकारले दर्ता गरेको मुद्दाका विषयमा ब्रिफिङ भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराएका छन् ।

‘पार्टी सभापति रवि लामिछाने विरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ्ग गरियो,’ रास्वपाको निर्णयमा भनिएको छ, ‘उक्त सम्बन्धमा सम्मानित अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरियो ।’

अदालतबाट न्याय पाउनेमा आफूहरू विश्वस्त भएको पनि रास्वपाले निर्णयमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077