Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

१७ दिनपछि स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

१७ दिनपछि स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

सोमवार , पौष ८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १७ दिनपछि भारत हुँदै स्वदेश फर्किएकी छन् ।

चीन भ्रमणबाट फर्किएलगत्तै युरोप भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री राणा भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । भारतको नयाँ दिल्लीबाट नेपाल वायु सेवा निगमको जहाजमा उनी काठमाडौं ओर्लिन् ।

यसअघि उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका अधिकारीहरूको टोलीले बिदा गरेको थियो।

अन्तर्राष्ट्रिय अदालतमा जलवायु न्यायम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको प्रतिनिधित्वका लागि राणा मंसिर २२ मा नेदरल्यान्ड्सको हेग प्रस्थान गरेकी थिइन् भने उतैबाट भारत गएकी थिइन् ।

उनी युरोपका केही कार्यक्रममा सहभागी भएर पुस ४ गते जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077