Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

मातहतका निकायहरुलाई खानेपानीमन्त्री यादवको निर्देशन - प्रगति विवरण पेस गर्नू

मातहतका निकायहरुलाई खानेपानीमन्त्री यादवको निर्देशन - प्रगति विवरण पेस गर्नू

सोमवार , पौष ८, २०८१

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरुलाई हालसम्मको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूह (एसएमटी) को बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा हालसम्म भएका कामका प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् ।

“के कति प्रगति भएका छन् ? कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रुपमा प्रतिवेदन पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस”, उनले भने ।

मन्त्री यादवले मन्त्रालय मातहतका निकायद्वारा सञ्चालित कतिपय आयोजना समयमा सम्पन्न नभएकाले त्यसको कारण पेस गर्न समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077