Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

स्थानीय तहलाई तीन मेगावाट क्षमताको मात्रै विद्युत् उत्पादनको अधिकार दिऔं : गगन थापा

स्थानीय तहलाई तीन मेगावाट क्षमताको मात्रै विद्युत् उत्पादनको अधिकार दिऔं : गगन थापा

मंगलवार , पौष ९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई तीन मेगावाट क्षमताको विद्युत् उत्पादन अधिकार दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव पेस गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले जलविधुत क्षेत्रमा निजी क्षेत्रको दायरा थप फराकिलो पार्नुपर्ने धारणा राखे। उनले स्थानीय तहलाई पाँच मेगावाट क्षमतासम्मको विद्युत् उत्पादन गर्न दिने प्रावधान उचित नहुने र त्यसलाई घटाएर तीन मेगावाट बनाउनुपर्ने सुझाव दिए ।

उनले स्थानीय तहको क्षमता लगायतको विषयका कारण स्थानीय तहलाई अधिकार दिन उपयुक्त नहुने जिकिर गरे। उनले ३ मेगावटसम्मका जडित विद्युत क्षमताको हकमा भने दिन उपयुक्त हुने उल्लेख गरे।

सामुदायिक विधुतीकरणको विषयलाई पूर्णत बन्देज लगाउन नहुने महामन्त्री थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077