Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकारविरुद्ध देशभर भण्डाफोर कार्यक्रम गर्ने राप्रपाको निर्णय

सरकारविरुद्ध देशभर भण्डाफोर कार्यक्रम गर्ने राप्रपाको निर्णय

मंगलवार , पौष ९, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ।

धुम्वाराहीमा आज बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको हो।

बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकालेको छ ।

देशभरका सातवटै प्रदेशका साथै अन्य तहमा सरकारविरुद्ध भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उनले बताए।

त्यस्तै उनले सरकारले अर्थतन्त्र चलायमान गराउन नसकेको,अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असन्तुलित परराष्ट्र नीतिका कारण नेपाल भूराजनीतिक चक्रव्युहमा फस्न जाने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077