Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सहकारीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

सहकारीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

मंगलवार , पौष ९, २०८१

काठमाडौं । सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो ।

अध्यादेशमा सहकारीसम्बन्धी समस्या समाधान गर्न राष्ट्रिय सहकारी नियमन आयोग बनाउने उल्लेख गरिएको बताइएको छ ।

उक्त आयोगमा चार्टर्ड एकाउन्टेन्ट अध्यक्ष रहने व्यवस्था गरिएको छ । सो अध्यादेश स्वीकृतका लागि राष्ट्रपति कार्यालयमा पठाउनेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077