Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी विभाजन साउने भेल जस्तै हो, फुट्ने क्रम रोकिन्नँ : विप्लव

माओवादी विभाजन साउने भेल जस्तै हो, फुट्ने क्रम रोकिन्नँ : विप्लव

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी फुट्ने क्रम नरोकिने बताएका छन् ।

माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव चन्दले यस्तो बताएका हुन् । उनले माओवादी विभाजनलाई साउने भेलसँग तुलना गरे ।

उनले माओवादी फुटेर १९ समूह भइसकेको उल्लेख गर्दै अब यो क्रम कहाँसम्म पुग्ने हो निश्चित नभएको बताए।

चन्दले माओवादी नेताहरूको मन अशान्त र दिमाग अस्थिर भएको टिप्पणी गर्दै माओवादीले मुलुकमा विभिन्न तरंग ल्याउने गरेको बताए । माओवादीको विस्तार धेरै भए पनि सम्हालिन नसकेर ठाउँ–ठाउँमा विभाजित भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077