Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नक्कली डाक्टर बनेर नगद र गरगहना लुटपाट, जितेन्द्र मण्डल पक्राउ

नक्कली डाक्टर बनेर नगद र गरगहना लुटपाट, जितेन्द्र मण्डल पक्राउ

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्क बस्ने जितेन्द्र मण्डल छन्। उनले सामाजिक सञ्जालमार्फत पीडितसँग साथी बनेका थिए।

आफू डाक्टर हुँ भनेर चिनजान गराएका उनले सुगर रोगको उपचार गर्छु भन्दै पीडितलाई औषधि खुवाएका थिए।

औषधि खुवाएर बेहोस बनाएपछि कोठा भित्र रहेका सुन, चाँदीका गहनाहरू र ३ लाख नगद लुटेर फरार भएको आरोप उनीमाथि छ।

प्रारम्भिक अनुसन्धान गर्दा सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो। उनीमाथि अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077