Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कास्की अदालतमा रविको इन्कारी बयान, भने - आर्थिक पक्ष जिबीले हेर्थे, मलाई थाहा हुन्न

कास्की अदालतमा रविको इन्कारी बयान, भने - आर्थिक पक्ष जिबीले हेर्थे, मलाई थाहा हुन्न

शुक्रवार , पौष १२, २०८१

कास्की । कास्की जिल्ला अदालतमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्नताबारे इन्कारी बयान दिएका छन् ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका उनले आज पनि इन्कारी बयान दिएका हुन् । बिहीबार न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको उनको बयान शुक्रबार सकिएको हो ।

बयानका क्रममा लामिछानेले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न नभएको र गोरखा मिडियाको सबै आर्थिक पक्ष जिबी राईले हेर्ने भएकाले आफूलाई थाहा नहुने जिकिर गरे ।

बयानका क्रममा लामिछानेले प्रहरीलाई दिएकै विवरण दोहोर्‍याए । उनलाई २८ प्रश्न सोधिएको बताइएको छ । अब बाँकी चार प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

सूर्यदर्शन सहकारीको रकम अवैधानिक रूपमा गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा रविसहित ६३ जनाविरुद्ध मुद्धा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077