Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्यो केन्द्रीय समितिको विस्तारित बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्यो केन्द्रीय समितिको विस्तारित बैठक

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक डाकेको छ । शुक्रबार बसेको सचिवालय बैठकले पुस १९ गते बैठक डाकेको हो । बैठक तीन दिनसम्म चल्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै बैठकले केन्द्रीय अनुशासन आयोगमा कमल प्रसाद पोखरेल र हरिचन्द्र भट्टराईलाई मनोनयन गरेको छ। त्यस्तै केन्द्रीय संगठनमा धर्म केसी, गोपाल घिमिरे र डा. विमला तिवारीलाई मनोनयन गरेको छ।

बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिका बारेमा समीक्षा प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077