Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कञ्चनपुर प्रहरी कार्यालय भित्रै चल्यो गोली

कञ्चनपुर प्रहरी कार्यालय भित्रै चल्यो गोली

शुक्रवार , पौष १२, २०८१

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर भित्र गोली चलेको छ ।

शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंमाथि गोली चलाएका हुन् ।

टाउकोमा गोली लागेपछि गम्भीर घाइते भएका न्यौपानेलाई तत्कालै महाकाली अस्पतालमा उपचारका लगिएको थियो ।

तर त्यहाँबाट उपचारका लागि धनगढी पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

अछाम घर भएका प्रहरी जवान न्यौपाने जिप्रकाको प्रबन्ध शाखामा कार्यरत थिए। प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077