Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अछामबाट काठ कटान र ओसारपसार मुद्दाका तीनजना फरार प्रतिवादी पक्राउ

अछामबाट काठ कटान र ओसारपसार मुद्दाका तीनजना फरार प्रतिवादी पक्राउ

शुक्रवार , पौष १२, २०८१

अछाम । अछाम प्रहरीले काठ कटान र ओसारपसार मुद्दाका फरार तीनजना अभियुक्तलाई पक्राउ गरेको छ ।

शुक्रबार प्रहरी चौकी भैरवस्थानबाट खटि गएको टोलीले माङ्गली देवी जैशी, तारा देवी साउद र हर्क बिकलाई पक्राउ गरेको हो । उनीहरु तीनै जना तुर्माखाँद गाउँपालिका-६ का बासिन्दा हुन् ।

अछाम जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता तथा प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।

उनका अनुसार अदालतले उनीहरुलाई जनही २२ हजार ४११ रुपैयाँ जरिवाना तोकेको थियो । उनीहरुलाई पक्राउ गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै अछाम जिल्ला अदालतमा दाखिला गरिएको प्रवक्ता पार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077