Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आफैंलाई गोली हानेका प्रहरी जवानको अवस्था गम्भीर, थप उपचारका लागि नेपालगन्ज पठाइँदै

आफैंलाई गोली हानेका प्रहरी जवानको अवस्था गम्भीर, थप उपचारका लागि नेपालगन्ज पठाइँदै

शुक्रवार , पौष १२, २०८१

कञ्चनपुर । कञ्चनपुरमा आफैंमाथि गोली चलाएका प्रहरी जवान चक्रप्रसाद न्यौपानेलाई थप उपचारको लागि नेपालगन्ज लगिने भएको छ ।

टाउकोमा गोली लागेका न्यौपानेलाई उपचारका लागि धनगढीस्थित नवजिव अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज लगिन लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवन्ध शाखामा कार्यरत प्रहरी जवान न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएका थिए । कञ्चनपुर प्रहरीका अनुसार शाखामा कोही नभएको बेला त्यही रहेको पेस्तोलले आफैँलाई गोली हानेका थिए ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । निधारको साइड बाट गोली पार भएर गोली हड्डीमा लागेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077